काठमाडौँ, २ माघ । राष्ट्रियसभाका विधायन समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रियसभालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय महत्वका विषयमा बहसको विषय बनाउनुपर्ने बताउनभएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकपछि सभापति गुरुङले अहिलेसम्म हेर्दा राष्ट्रिय सभाले संविधानले दिएको अधिकारअनुसार काम गर्दै आएको र थप प्रभावकारी बनाउनका लागि केही काम गर्न बाँकी रहेको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रिय सभामा सत्ता पक्षका सांसदको प्रस्तुतीले सरकारको छायाबाट बाहिर निस्किनै नसकेको जस्तो देखिएको बताउनुभयो ।






