काठमाडौँ, १ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना नेताको नाममा स्थापित अस्पताल बन्द नगर्न ध्यानाकर्षण गराउने भएका छन् ।
आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल विघटन गर्न खोजेकाले प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्न लागिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलको निजी सचिवालयले जनाएको छ ।
तनहुँको दुलेगौंडास्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारीमा आएको भन्दै कांग्रेसले त्यस्तो नगर्न माग गरेको छ ।
नेता पौडेलले मंगलबार प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय गरिएको भन्दै कांग्रेसले विरोध गरेको छ ।






