काठमाडौँ, ३० पौष । विवादित, अयोग्य व्यक्तिलाई एकपक्षिय रुपमा पूर्वाञ्चल विश्व विद्यालयमा राजेश झालाइ सह–सजिष्ट्रार नियुक्ति गरेको भन्दै सर्वत्र विरोध शुरु भएको छ ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन प्रदेश नं. १ तथा पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले एक विज्ञप्ती जारी गर्दै घोर भत्सना गरेका छन् । दुवै संगठनले उक्त व्यक्तिहरुलाई गरिएको नियुक्तिलाई बदर गर्न आग्रह गरेका छन् । विज्ञप्तीमा मागलाई वेवास्था गरेमा बाध्य भएर थप आन्दोलनको कार्यक्रमलाई अघि बढाउने समेत चेतावनी दिएका छन् ।
झा स्नातकको प्रमाणपत्र समेत विवादमा रहेको स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षिल शेखर कोइरालाको निकट व्यक्ति रहेकै भरमा उनी नियुक्त भएको सरोकारवालाले जनाएका छन् । उनको नियुक्तिलाई लिएर कांग्रेसको समर्थनमा विश्वविद्यालयमा तालावन्दी समेत भइसकेको छ । विश्वविद्यालयको भ्रष्टचार, वेथिती तथा यावत कुराहरुको नाइके समेत भएको निकट स्रोतले जनाएको छ ।
उनको नियुक्तिले विश्वविद्यालयको भविष्य नै चौपट हुने सरोकारवाला व्यक्तित्वहरुले जनाएका छन् । विश्व विद्यालय सुधार गर्न तथा प्रदेशीक केन्द्रमा भौगोलिक अवश्थालाई मध्यनजर गर्दै गोठगाउँमा सार्ने अभियानको मूख्य विरोधि समेत उनी रहेका छन् । नोवेल मेडिकल सुक्ने डरले गोठगाउँमा सार्न नदिने मुख्य नाइके समेत भएको स्रोतले जानकारी दिएको छ ।









