निःशुल्क स्तन क्यान्सर शिवीर

ललितपुर, २९ पौष । लायन्स तथा लियो क्लव अफ काठमाडौं मेरीगोल्डको साथै लायन्स तथा लियो क्लवहरु काठमाडौं विशालबजार, काठमाडौं दरवारमार्ग, काठमाडौं पिस आई, काठमाडौं मिर्मिरे, काठमाडौं ग्रिन भ्याली र जयश्री भैरव वहुउद्धेश्यीय सहकारी संस्था अन्तर्गत महिला समूहको संयुक्त आयोजनामा खपिन्छें टोल च्यासलमा शनिबार एकदिने निःशुल्क स्तन क्यान्सर शिवीरको आयोजना गरियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा सञ्चालित सो शिवीरमा सो अस्पतालमा कार्यरत नेपालकै पहिलो वरिष्ठ स्तन क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्य लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्तन क्यान्सर परिक्षण गरेको थियो ।

सो शिवीरमा १७४ जनाको स्तन क्यान्सर भए नभएको परिक्षण गरिएको र त्यसमध्ये ४ जना महिलालाई मात्तै थप परिक्षणको लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा रिफर गरिएको कार्यक्रम संयोजक देवी थापा गुरुङगले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित