पूर्वप्रधानमन्त्री देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत : उपसभापति गच्छदार

विराटनगर, २८ पौष । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वाइडबडी विमान खरिद प्रकृयाको विवादमा जोड्नु गलत भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले लेखा समितिले विमान खरीद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताउनुभयो ।

नेता गच्छदारले डा. गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित