काठमाडौं, २८ पौष । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रदान गरिएको छ ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति कोबिन्दले सम्मान गरेका फोटो उनले सार्वजनिक गरेका छन् । थापाले नेपाली सेनाका लागि गरेका योगदान र भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिएको योगदानको सम्मान गर्दै राष्ट्रपति कोबिन्दले उनलाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेका छन् ।
शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा नेपाली भाषामै नेपालका सेनापति थापाको तारिफ गरेका छन् ।
सन् १०५० देखि एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने गरिएको छ ।







