सफाई अभियानसँगै भक्तपुरको विकास, विकास रोक्ने कुचेष्ठा नगरे हुन्छ : सांसद बस्नेत

भक्तपुर, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियानसँगै समग्र भक्तपुरको विकासले तिव्रता पाएको बताउनुभएको छ ।

आज हनुमन्ते नदी सफाई अभियानको ४६ औं हप्ता तथा अरनिको राजमार्ग सफाई अभियानको तेस्रो चरणको चौंथो दिनका अवसमा बोल्दै सांसद बस्नेतले भक्तपुरको सफाई अभियान देशकै लागि मार्गनिर्देशको रुपमा रहेको बताउँदै भक्तपुरमा हुने जनपक्षिय विकासलाई कसैले रोक्ने कुचेष्ठा नगर्न समेत चेतावनी दिनुभएको छ ।

उहाँले सडकमा होटल, विभिन्न संघसंस्थाद्वारा फालिने फोहोरको नियन्त्रण भएको र अबका दिनमा गाडिबाट फालिने फोहोरलाई नियन्त्रण गर्न जरुरी रहेको भन्दै भक्तपुरको नयाँ बाटो तथा पुरानोबाटोबाट चल्ने सम्पूर्ण गाडिहरुमा डस्विनको प्रयोग अनिवार्य बनाउने समेत बताउनुभयो ।

उहाँले भक्तपुरमा चल्ने सवारी साधनका समितिहरुसँग व्यापक छलफल भइरहेको र आगामी दिनमा पनि छलफल गरी गाडीबाट निस्कने फोहोर तथा दुर्घटनाको न्युनिकरणको उत्तम उपाय निकाली कडाइका साथ अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले फोहोर व्यवस्थापनको मूख्य जिम्मेवारी सम्बन्धीत नगरपालिकाको भएको र त्यसको साथ साथै निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सफाई अभियानले जमिनमा रहेको फोहोरको व्यवस्थापन मात्र नभई मानसिको चेतनाको विकास गर्दै समग्र भक्तपुरको विकासको ढोका खोलेको समेत बताउनुभयो । उहाँले सफाई अभियानसँगै भक्तपुरमा विभिन्न प्रकारका विकृतिजन्य कुराहरुको क्रमिक रुपमा न्युनकिरण भइरहेको बताउनुभयो ।

सांसद बस्नेतले गाडीमा बजाइने गीतको साथ साथै सचेतनामूलक जिङ्गल समेत अनिवार्य रुपमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाडीको टायर तथा प्लास्टिक बाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाडीमा जिङगल, डस्वीन र सुद्धता हुनुपर्ने बताउँदै सवारी साधनमा धुम्रपान तथा मध्यपानको निषेध गर्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले पछिल्लो समय भक्तपुरमा भइरहेको विकास निर्माणका कार्यले भक्तपुरको मुहार नै फेरिदै गएको बताउँदै विकास निर्माणका कार्यमा सवै राजनीतिक दल, संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा स्थानीयवासी एक ढिक्का भइ अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । उहाँले भक्तपुरमा भइरहेको विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु घनिभुत रुपमा सफल बनाउन सवैलाई साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

भक्तपुर जिल्ला भर आगामी दिनमा यात्रुबहाक सवारी साधनले यात्रुलाई ओराल्ने वा चढाउने कार्यमा बस स्टपमा मात्र पाउने भएका छन् । त्यस्तै कुनै पनि सवारी चालक तथा सहचालकले अनिवार्य रुपमा परिचय खुल्ने प्रकारको ड्रेस अनिवार्य लगाउनुपर्ने भएको छ । त्यस्तै गाडीको झ्यालहरु बन्द गरी सञ्चालन गर्नुपर्ने, गाडी सञ्चालन प्रणाली तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने लगायतका बाध्यकारी नियमहरु बनाउने विषयमा यातायात व्यवसायीसँग छलफल गरी उचित निश्कर्ष निकाल्ने समेत भएको छ ।

आजको अभियान सूर्यविनायक नगरपालिका अन्तर्गतका सात वटा चोकबाट एकै पटक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित