सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र : मन्त्री विष्ट

पाल्पा, २७ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशमा रहेको सात सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्न लागेको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको जानकारी गराउनुभयो । नेपाल सरकारले सकेसम्म रोजगारी तथा नसके पनि वेरोजगार भत्ता दिने बताउनुभयो । उहाँले सरकारले सामाजिक सुरक्षा कार्यक्रमले देशमा नयाँ युगको शुरुवात भएको बताउँदै देशमा रहेको योग्य, दक्ष तथा क्षमतावान् युवालाई विदेशीनु पर्ने वातावरणको अन्त्य गरेरै छोड्ने उद्घोष गर्नुभएको छ ।

लाखौं युवाहरु रोजगारीको खोजीमा आफ्नो श्रमलाई अन्य मूलकमा बेचिरहनु परेको भन्दै यसको अन्त्यका लागि सरकारले युवालाई आर्थिक शसक्तिकरण गर्ने विभिन्न प्रकारका सहुलियत दरमा ऋणको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले देशमा नै उत्पादनमूखि कार्यलाई जोड दिनुपर्ने भन्दै कृषिलाई आधुनिकिकरण गर्दै बैज्ञानिक प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले आर्थिक वृद्धिदरलाई बढाउँदै लगेको भन्दै मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित