काठमाडौं, २५ पौष । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर मैला नउठाउने कर्मचारीहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा मेयर शाक्यले बोल्दै फोहोर उठाउने कर्मचारीहरुले सहमति विपरीत काम अवरुद्ध पार्न सुरु गरेको भन्दै उनीहरुमाथि कडा कारबाही गर्ने बताएका छन ।
साथै सबैको सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने भन्दै उनले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरी र अरु सबैलाई आग्रह गरेका छन ।





