शेयर बजार घट्यो

काठमाडौँ, २४ पौष । धितोपत्र बजारमा आज शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर रु ३४ करोड २७ लाख ८६ हजार ५९६ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन् । यस्तै बैंकिङ शून्य दशमलव शून्य नौ, होटल ११ दशमलव ९६, जलविद्युत् दुई दशमलव एक, वित्त शून्य दशमलव ८३, निर्जीवन बीमा ३८ दशमलव १३ र जीवन बीमा ११ दशमलव ९२ विन्दुले घटेको छ ।

घटेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी, ङादी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् । यस्तै एनएमबी माइmोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्यारेन्सका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ