अमेरिकामा आँधी, ९ लाख बढी घरमा विद्युत् अवरुद्ध

एजेन्सी, ११ मंसिर । अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ ।

भारी वर्षा, तीव्र हावाहुरी, बाढी र हिमपातका कारण ९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने सडक तथा पुलहरू बन्द भएका छन् ।

मिसौरीदेखि म्यासाचुसेट्ससम्म फैलिएको आँधीले मध्य–एटलान्टिक तटीय क्षेत्रमा पानीको सतह ऐतिहासिक उचाइमा पुर्‍याएको छ । मिडवेस्टका केही क्षेत्रमा हिमपात भएको छ भने आँधी दक्षिणतर्फ सरेको छ ।

वाशिङटन डीसी, मेरिल्यान्डलगायतका क्षेत्रमा रूखहरू घर र गाडीमाथि खस्दा क्षति पुगेको छ । उद्धारकर्मीहरूले बाढीमा फसेका चालकहरूको उद्धार गर्नुका साथै केही बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । न्यु जर्सीका सडकहरू जलमग्न हुँदा सवारीसाधन चलाउन कठिन भएको छ । न्युयोर्कमा तीव्र हावाले पैदल यात्रीहरूलाई समेत प्रभावित बनाएको छ ।

आँधीका कारण अमेरिकाको व्यस्त थ्याङ्क्सगिभिङ यात्राको समयमा हवाई सेवा पनि प्रभावित भएको छ । सयौँ उडान रद्द तथा ढिलाइ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । सात निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण  सात कम्पनीलाई कालो सूचीमा

काठमाडौँ, ११ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रार निर्धारण गरेको छ । Code

रूपन्देही, ११ मंसिर । रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक