रूपन्देहीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही, ११ मंसिर । रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।

लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रार निर्धारण गरेको छ । Code

काठमाडौँ, १० मंसिर । सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ अंकले घटेर

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको