काठमाडौं, २४ पौष । आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।
आज मंगलबार सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





