नेपालमा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति एमालेनै रहेको ओलीको जिकिर

काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा (एमाले) नै रहेको जिकिर गरेका छन् ।

उनले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।

आज काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताएका हुन् । 

उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए । 

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा

काठमाडौँ, १ मंसिर । पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा एकआपसमा झैझगडा तथा कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला

काठमाडौँ, १ मंसिर । आज १ मंसिरदेखि काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा

मोरङ, १ मंसिर । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ