जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान

काठमाडौँ, १ मंसिर । डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ ।

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ ।

संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्पहरूलाई जनतामाझ लाने निर्णय जय नेपाल पार्टीले गरेको छ । बैठकले जिल्ला समिति गठन प्रक्रियालाई सुचारु गर्ने, गठन हुन बाँकी रहेका जिल्लाहरूमा गठन प्रक्रिया तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सदस्य थप गर्ने निर्णय समेत गरिएको छ । केन्द्रीय सदस्यमा नरेशकुमार राई (मोरङ), केशव पाण्डे (उदयपुर) र युवराजा राना (गुल्मी) मनोनित गरिएको छ ।

सम्मानित सल्लाहकार समितिमा देवेन्द्र पौडेल (बाँके), टीका उप्रेती (मोरङ), राजकुमार कार्की (मोरङ) र कमल राज विष्ट (चितवन) लाई मनोनीत गरिएको छ । कोशी इन्चार्जमा सुरेश प्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ । चलचित्र विकास बोर्डले

काठमाडौँ, २९ कार्तिक । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको

काठमाडौँ, २९ कार्तिक । कलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन्

काठमाडौँ, २१ कार्तिक । चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ ।