खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

मोरङ, १ मंसिर । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ ।

सोमबार बेलुकी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर  मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो । सो क्रममा पक्राऊ पर्नेहरुमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान, सोही स्थानका अन्दाजी ४० वर्षीया सकुन्तला पासवान र अन्दाजी १८ वर्षीय करण पासवान रहेका छन ।

देश भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने ४० वर्षीया सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाई राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ २९ ग्राम ४८० मिलिग्राम तौल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १ मंसिर । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर

काठमाडाैँ, १ मंसिर । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना

काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ । भोलि देखि सुरु हुने राष्ट्रिय

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।