फेसबुकमार्फत भ्रामक सूचना फैलाउने पक्राउ

काठमाडौँ, १ मंसिर । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा छन् ।

उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक तथा भ्रामक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल फैलाउने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ। तीन दिनको बिदापछि मंगलबार

काठमाडौँ, १ मंसिर । डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान

काठमाडौँ, १ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताएका छन् ।

काठमाडौँ, १ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा