देउसीभैलो हेर्दा झैझगडा गर्ने ९ जना पक्राउ

काठमाडौँ, १ मंसिर । पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा एकआपसमा झैझगडा तथा कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार गत कात्तिक २५ गते राति करिब २ बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ‘लेबल क्लब’ अगाडि देउसीभैलो खेलेको हेर्ने क्रममा युवाहरूबिच विवाद उत्पन्न भई कुटपिट भएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले संलग्नहरूको पहिचान तथा खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न देखिएपछि उनीहरूलाई कात्तिक ३० गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई हाल पोखरा–११ बस्ने २८ वर्षीय आशिष मगर, कास्कीको रुपा गाउँपालिका–७ घर भई पोखरा–१२ माटेपानी बस्ने ३० वर्षीय अरुण थापा, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–२ स्थायी भई हाल पोखरा–१९ लामचौर बस्ने २४ वर्षीय सन्दीप गुरुङ र मोरङको लेटाङ नगरपालिका–१ स्थायी ठेगाना भई हाल पोखरा–१६ दीप बस्ने २३ वर्षीय मनिष राई रहेका छन्।

त्यस्तै पर्वतको मोदी गाउँपालिका–४ स्थायी भई हाल पोखरा–१९ लामाचौर बस्ने २० वर्षीय अभिषेक गर्भुजा, म्याग्दीको रघुगंगा गाउँपालिका–७ स्थायी भई हाल पोखरा–११ फूलबारी बस्ने २८ वर्षीय प्रभात पुन तथा रघुगंगा–७ कै घर भई हाल पोखरा–१९ लामाचौर बस्ने २३ वर्षीय प्रसन गर्भुजा, २३ वर्षीय एनिस थापा र २४ वर्षीय सुन्दर पुनलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गराएरै सरकारले राखेको राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने

काठमाडौँ, १ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय

काठमाडाैँ, १ मंसिर । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर

काठमाडौँ, १ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ