हाम्रो लक्ष्य करको भार बढाउने होइन : मुख्यमन्त्री थापा

काठमाडौँ, १ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताएका छन् ।

उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्नेमा उनले बताए ।

आज राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । उनले कर दिवसको नारालाई औपचारिक सन्देशमा मात्र सीमित नराखी राज्य सञ्चालन र आर्थिक विकासको व्यवहारिक आधार बनाउनुपर्ने बताए । कर प्रणाली न्यायपूर्ण भए मात्रै आर्थिक असमानता घटाउन र सामाजिक न्याय कायम गर्न सकिने उनको भनाई छ ।

‘हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ ।’ उनले भने, ‘आर्थिक क्षमता बढी हुनेले सोहीअनुसार योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक भार पर्न हुँदैन । इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध

काठमाडौँ, १ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताएका छन् ।

काठमाडाैँ, १ मंसिर । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर