नेप्से परिसूचक आज १२.७९ अंकले घट्यो

काठमाडौँ, १ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ।

तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख बराबरको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटा कम्पनीको मूल्य बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समग्रमा घटे पनि अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत भन्दा धेरै कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ११.८४ प्रतिशतले बढेर अन्तिम मूल्य ३५९ रुपैयाँ कायम भएको छ। दोस्रो धेरै कमाउने सेन्ट्रल फाइनान्को मूल्या भने ६ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नबिल बैंकको डिबेञ्चर पहिलो स्थानमा रह्यो । यो स्क्रिपको कुल २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा रहेको घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध

काठमाडौँ, १ मंसिर । डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई पार्टीमा सम्पर्क गर्न आह्वान

काठमाडौँ, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गराएरै सरकारले राखेको राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने

काठमाडाैँ, १ मंसिर । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आज आन्तरिक राजस्व विभागले राष्ट्रिय कर