काठमाडौँ, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गराएरै सरकारले राखेको राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजस्व उठाउने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासन कायम गराएरै हासिल गरिने उल्लेख गरे ।
आज सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष एक हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजस्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए ।
उनले भने, “कोभिड महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर सातदेखि नौ प्रतिशतमा सीमित छ,” “उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरेका हौँ ।”
अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए ।







