एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ ।

भोलि देखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज (मंसिर १ गते) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

टर्किए, १ मंसिर । नेपालले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैङ्क

काठमाडौँ, १ मंसिर । २०८३ साल मंसिर १ गते मंगलबारको राशिफल ।   मेष : दिन राम्रो छ। सामाजिक काममा फाइदा हुनेछ।

काठमाडौँ, ३० कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, ३० कार्तिक । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतमा श्रीरीपुरबाट