सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३० कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झाङ गुओकिङ छन् ।

उनी हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार बिहान करिब १०ः३० बजे काठमाडौं अवतरण गरेका थिए । शंकास्पद गतिविधिका आधारमा उनीमाथि चेकजाँच गरिएको थियो ।

त्यसक्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर राखिएको दुईथान उक्त पदार्थ फेला परेको थियो । करिब ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उक्त पदार्थ लुकाइछिपाइ भन्सार छली अवैध रूपमा लैजान लागेको अवस्थामा फेला पारेर बरामद गरी झाङलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगी मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज

बेइजिङ, ३० कार्तिक । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रप ति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर

काठमाडौँ, ३० कार्तिक । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

बारा, २९ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने