मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ३० कार्तिक । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र.०२-००४ प २०४६ नम्बरको मोटरसाइकलको ठक्करबाट मिथिला बिहारी नगरपालिका-९ कटरेजका २६ वर्षीय प्रशान्त कुमार यादवको मृत्यु भएको हो ।

उनको आइतबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे टिप्पणी गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल–भारत सीमा विवाद

काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि

काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो

काठमाडौँ, ३० कार्तिक । नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल