जाडोमा छालाको हेरचार कसरी गर्ने ?

काठमाडौं, २३ पौष । जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने आदि समस्याहरु देखा पर्दछ ।  त्यसैले हामीले जाडो समयमा छालाको बिशेस हेरचार गर्नु पर्दछ ।

जाडोमा छालाको हेरचार :

१. पर्याप्त मात्रामा पानी तथा झोलयुक्त पदार्थ गर्ने, जसले छालामा पानीको अभाव पुरा गर्छ ।

२. अनुहारमा तातो पानीको बाफ लिने जसले बन्द भएको रोमछिद्र खुल्छ ।

३. छालामा हातले हल्का मसाज गर्ने जसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

४. साबुनले अनुहार धुने हुदैन नन ड्राई क्लिन्जर फेसवासले अनुहार धुने गर्नुपर्दछ ।

५. मोश्चराइजिङ क्रिम प्रयोग  गर्ने र बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउने साथै धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गर्नु पर्दछ ।

६. स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुको साथै मौसमी फलफूल सेवन गर्दा जाडोमा छालाको सौन्दर्य कायम राख्छ ।

७. जाडोमा खुट्टाको हेरचाह मोइस्चराईजर क्रिमको साथमा मोजा लगाएर सुत्ने जसले छाला नरम बनाउनुका साथै छालालाई फ्ट्न दिदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित