कांग्रेसद्वारा ५८ स्थानमा विधान संशोधन

काठमाडौँ, ३० कार्तिक । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदामा संशोधन तथा हेरफेर गरेको छ । 

काठमाडौँमा सम्पन्न महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेको जानकारी निर्वाचन आयोगलाई बुझाएको हो ।  गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा कांग्रेसले महाधिवेशन सम्पन्न भएको थियो । यस्तै असोज १९ गतेको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको थियो ।

संशोधित विधानमा केन्द्रीय कार्यसमितिको संरचना विस्तार, वरिष्ठ उपसभापतिको व्यवस्था र कार्यक्षेत्र निर्धारण, नयाँ सल्लाहकार तथा नीतिगत संरचनाको गठन, सदस्यता नवीकरणमा डिजिटल प्रणाली र दोषी ठहरिएका नेता–कार्यकर्ताको स्वतः निलम्बन लगायतका व्यवस्था गरिएका छन् ।

https://drive.google.com/file/d/1nuUY4GF0URwID0gpoqp4gfZWU-V7w9_R/view?usp=sharing

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Code Name Buy Sell Unit

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको