नवनियुक्त तीन देशका राजदूतद्वारा शपथ ग्रहण

काठमाडौँ, ३० कार्तिक । नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Code Name Buy Sell Unit

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको