मुगुमा गाडी दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ भने दुई जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मृत्यु हुनेमा काठमाडौँ कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।

ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दुर्घटना परेको थियो ।

गाडी अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खस्दा कच्याककुचुक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २९ कार्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर

काठमाडौँ, २९ कार्तिक । बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको

काठमाडौँ, २९ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय