काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ भने दुई जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मृत्यु हुनेमा काठमाडौँ कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।
ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दुर्घटना परेको थियो ।
गाडी अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खस्दा कच्याककुचुक भएको छ ।







