काठमाडौं, २३ पौष । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





