चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका– ३ घर भई माकलबारी बस्ने १९ वर्षीय लाक्पा शेर्पा र सोही स्थान बस्ने  २८ वर्षीय समीर तामाङलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

लामा र शेर्पालाई शुक्रबार र तामाङलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट बा८४प ५४८४ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३०–प ८४७५ नम्बरको स्कुटर, प्रदेश ३–०२–००७ प ८२७५ र बा३२प ४५६० नम्बर रहेको नम्बर प्लेट, एक थान सवारी दर्ता किताब, एक थान टुल बक्स, १३ थान टुल किट र ४ थान मोबाइल   समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन

एजेन्सी, २८ कार्तिक । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्।

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम