काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने समय धेरै पहिले नै बितिसकेको दाबी गरेका हुन् ।
‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । त्यो समय धेरै पहिले नै बितिसकेको छ । हामीसँग उनीहरूको पैसा छ र होर्मुज जलडमरूमध्य पनि हाम्रो नियन्त्रणमा छ’, उनले लेखेका छन्।






