ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २९ कार्तिक । उदयपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीअ अनुसार चौदण्डीगढी नगरपालिका–१० खैरा झोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार  भएको सो दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृतकको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना.७ त.५३२५ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न

काठमाडौँ, २९ कार्तिक । उदयपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीअ अनुसार चौदण्डीगढी नगरपालिका–१०

काठमाडौँ, २९ कार्तिक । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको

काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर