भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गौमुल गाउँपालिका–४ घोगालाबाट आफ्नो घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर उनको टाउकोमा लागेको थियो । ढुङ्गा लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे स्थानीयले साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलको मुचुल्का तयार पारेर बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर

काठमाडौँ, २९ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ कार्तिक । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई

काठमाडौँ, २८ कार्तिक । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ