निर्दोषलाई दोषी देखाउन सुनियोजित तवरले अनेक प्रपञ्ज रचियो : मन्त्री अधिकारी

काठमाडौँ, २३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाईड बढि खरिद प्रक्रियामा आफुलाई सुनियोजित तवरले निर्दोष व्यक्तिलाई दोषी देखाउन अनेक प्रपञ्ज रचिएको बताउनुभयो ।

मन्त्रालयमा आज बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विमान खरिद प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनुभयो । आफ्नो कार्यकालमा २ पटक विमानको किस्ता गएको पनि स्पष्ट पार्नुभयो । संसदीय लेखा समिति अन्तर्गतको उपसमितिको निर्णयप्रति आफू दुखित भएको भन्दै मन्त्री अधिकारीले निर्णय पूर्वाग्रह भएर आएको पनि बताउनुभयो ।

पछिल्लो समय देखिएको विभिन्न षड्यन्त्रले पनि आफू विचलित नबनेको मन्त्री अधिकारीले बताउनुभयो । निगमलाई डुवाउने खेल यसअघि पनि पटक–पटक भएको भन्दै उहाँले त्यसलाई चिर्न आफू होसियार भएर अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अरु एयरलायन्सको व्यापार घटेको र निगमको व्यापार बढेको छ’, मन्त्री अधिकारीले भन्नुभयो, ‘निगम डुब्दा कसैले आफ्नो व्यापार चम्कने देख्लान्, त्यो भएर पनि यस्ता प्रचार गरिएको हुनसक्छ ।’ विमान किन्ने बेलामा नै ‘सेल्स एण्ड पर्चेज एग्रिमेण्ट’मा पैसा कहिले–कहिले बुझाउने भनेर प्रष्टसँगै लेखिएको र त्यसै अनुसार नेपाल वायु सेवा निगमले पैसा भुक्तानी गरेको उहाँले बताउनुभयो ।

आफूले अनुसन्धानलाई प्रभावित पनि पार्न खोजेको नभै छानबिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सर्वोच्च अदालतले नै किस्ता नरोक्न फैसला गरेकाले सम्मानित अदालतको फैसलाको सम्मान गर्दै आफूले किस्ता नरोकेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित