काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेको लगाएका छन् ।
आज काठमाडौँमा कांग्रेस संस्थापनइतर समूहको जिल्ला अधिवेशनमा बोल्दै उनले अब पार्टी र देशका निम्ति योगदान गर्ने समय आएको बताए ।
उनले भने, “मैले जीवनमा धेरै कुरा पाइसकेको छु, अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,” “यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो ।”
देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वास समेत व्यक्त गरे । “मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ,” उनले भने, “अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ ।” न्युज एजेन्सी नेपाल
निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्कोको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे ।
उनले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाए । उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।
देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए । “पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्,” उनले भने, “यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ । पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ ।”







