काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘सरकार विल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ’, ‘यो देश र जनताका लागि पनि चिन्ताको विषय छ ।’
उनले कांग्रेस सभापति गगन थापालाई कसैले पनि पक्रन नसक्ने बताए । ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो गगनजीलाई पक्रन सरकारले सक्दैन’, प्रचण्डको भनाइ छ ।
उनलाई सरकारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई हटाएको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा भने- ‘त्यो कुरा अदालतमा गइसकेको छ अदालतले बोल्छ ।’







