ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ, १९ कार्तिक । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएकोमा चिकित्सकले बिहान दुवै जनालाई मृत घोषणा गरेका हुन् ।

ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने दुवै सवारीसाधन कार्यालयतर्फ ल्याउने कार्य भइरहेको छ । मृतकका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । गोलभेडा ठूलो(नेपाली)

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name