काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ ।
आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा अनौपचारिक बैठक बस्ने जानकारी पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक आह्वान भएको छ ।






