मन्त्री साह र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता

काठमाडाैँ, १९ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहज्यूले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट (H.E. Mr. Simon Ernst) सँग आज शिष्टाचार भेट गर्नुभयो।

भेटका क्रममा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भयो।

सो अवसरमा मन्त्रीज्यूले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

साथै, आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत विचारविमर्श भयो।

नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने विषयमा भेट सकारात्मक रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । गोलभेडा ठूलो(नेपाली)

काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name