गहुँको मूल्य बढ्यो

काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ ।

भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि गहुँको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् ।

गहुँको मूल्य बढेसँगै गहुँलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ । एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीका अनुसार उद्योगहरूसँग अहिले करिब एक महिनाका लागि पुग्ने गहुँ मौज्दात रहेकाले तत्काल समस्या भने छैन ।

भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँ बिक्रीका लागि खुला नगरेसम्म मूल्य नघट्ने बेगवानीले बताए ।

भारत सरकारले करिब दुई महिनाअघि अर्थात् २४ अगस्ट २०२६ देखि गहुँको कोटा हटाएकाले आयातमा भने समस्या नरहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै

काठमाडौँ, १९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १८ कार्तिक । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र

काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार