आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ता खरेलको जवाफ: पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

काठमाडौँ, १८ कार्तिक । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे  मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशन अनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए । तर पार्टी प्रवक्ता जगदीश खरेलले पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन् । उनले केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनामा कारबाही भएको भए पनि सरकारले स्पष्ट भन्नुपर्ने बताए।

उनले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ । कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन । पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन ।’

आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार