वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

काठमाडौँ, १७ कार्तिक । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रकम लिएका थिए ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट

काठमाडौँ, १७ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट