धनुषा, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल नेपाली कांग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको बताउनुभएको छ ।
नेकपाले आज जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताउनुभयो ।
नेता नेपालले भन्नुभयो, ‘वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको छ, नेकपाका कार्यकर्ता दुष्प्रचारबाट बच्नुपर्छ । वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।’





