पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

काठमाडौँ, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ कार्तिक । अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ । 

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र