गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ, १६ कार्तिक । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ । स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे  नै उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले

काठमाडौँ, १६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका

काठमाडौँ, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न

काठमाडौँ, १६ कार्तिक । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले  मजदुर आन्दोलनका दशहजार बढि ऐतिहासिक दस्तावेजहरुलाई ‘र्‍याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा