ट्रकको ठक्करबाट एक पत्रकारको मृत्यु

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको हो ।

एउटै दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी ४५ वर्षीय पोखरेल घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइए पनि दिउँसो १२:२० बजे चिकित्सले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोख्रेल काठमाडौँबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकका संवाददाता थिए भने रुपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक तथा सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर

काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई