विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक

काठमाडौँ, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

आज अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै उनले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने बताए । उनले विपद्का घटनाबाट हुने क्षति कम गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग अनिवार्य समन्वय गर्न निर्देशन दिँदै उनले योजनाको फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर

काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई