साढे ४ अर्बको धानचामल आयात

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ ।

यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ । अघिल्लो महिनासम्मको तथ्यांकसँग तुलना गर्दा असोजमा धानचामल आयात ह्वात्तै बढेको देखिन्छ । विभागका अनुसार साउन र भदौ गरी पहिलो दुई महिनामा कुल ४ करोड ५५ लाख ४३ हजार ९ सय ५६ किलो (४५ हजार ५ सय ४३ टन) धानचामल आयात भएको थियो, जसको मूल्य ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ थियो ।

यसरी हेर्दा असोजमा मात्रै थप १ करोड १३ लाख ४९ हजार १ सय ६४ किलो (११ हजार ३ सय ४९ टन) धानचामल भित्रिएको छ । रकमका आधारमा असोजमा मात्रै थप १ अर्ब ११ करोड ५ लाख ८६ हजार बराबरको धानचामल आयात भएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित