काठमाडौँ, ११ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–फ्रान्सबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देश बिच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





